अन्तराष्ट्रिय

भारतीय सेनाले सैनिकलाई ‘मार्शल आर्ट्स’ को तालिम दिने

काठमाडौँ– धारिलो हतियारद्वारा हुने आक्रमणको प्रतिरोध गर्न तथा हात हालाहालको अवस्थामा चुस्तताका लागि भारतीय सेनाले सैनिकहरुलाई ‘मार्शल आर्ट्स’ को तालिम दिने भएको छ । भारतीय सेनाप्रमुख जनरल मनोज पाण्डेले शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागि सैनिकहरुलाई विशेष ‘मार्शल आर्ट्स’ को तालिम दिन लागिएको बताएका हुन् ।

रक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय अनलाइन द प्रिन्टले जनाएअनुसार ‘मार्शल आर्ट्स’ तालिममा सैनिकलाई घरेलु हतियारको प्रतिरोध गर्न पनि प्रशिक्षण दिइनेछ ।

यसअघि भारतीय सेनामा सैनिकलाई ‘मार्शल आर्ट्स’ को विशेष तालिमको व्यवस्था थिएन । यद्यपि भारतीय सेनाका गोर्खा, आसाम र नागा एकाईमा तैनाथ सैनिकलाई भने एकाईअनुसार आफ्नै मौलिक एवम् विशिष्ट किसिमको ‘मार्शल आर्ट्स’ को प्रशिक्षण दिने गरिएको द प्रिन्टले उल्लेख गरेको छ ।

युद्धको प्रकृति परिवर्तन हुँदै गएको र सैनिकलाई सबै किसिमबाट चुस्त राख्नका लागि भारतीय सेनाले नयाँ तालिमको योजना अघि सारेको हो ।

पछिल्लो समय सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच बेलाबेला हात हालाहालको अवस्था सिर्जना भएको सन्दर्भमा भारतीय सेनाले नयाँ प्रशिक्षण योजना ल्याएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button