राजनीति

दलको नेता छान्‍न कांग्रेसले बनायो समिति, प्रधानमन्त्री माओवादीलाई नदिने

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेको छ। आज बसेको कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। समिति सदस्यमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही रहेका छन्। उनकाअनुसार बुधबारसम्म संसदीय दलको नेता चयनको प्रक्रिया टुंगो लाग्नेछ।

उक्त समितिले निर्वाचनको मिति तोक्नेछ। कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ।

साथै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ। प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि अन्य दलहरुसँग संवाद र छलफल गर्ने निर्णय भएको जानकारी दिए।

उनले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको विकल्प नरहेको बताए। पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने तथा समन्वय गर्ने नेतृत्व आवश्यक परेकाले देउवालाई सर्वसम्मत नेता चयन गर्नुपर्ने उनले बताए। प्रवक्ता महतले सात वटै प्रदेशमा आफ्नो नेतृत्व वा अरुलाई सघाउने भन्ने निर्णय गर्ने जिम्मा प्रदेश समितलाई दिएको जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button