चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउन ध्वनी मतले अमेरिकी माथिल्लो सदमा प्रस्ताव पारित

72

वासिंगटन । अमेरिकी माथिल्लो सदन सिनेटले चिनियाँ एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरको छ ।
अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो ।
समाचार पत्र द गार्डियनका अनुसार बुधबार सिनेटले ध्वनि मत गरेर उक्त प्रस्ताव पारित गरेको छ । पारित भएको प्रस्तावमा अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।
राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ । चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट प्रयोगकर्ताको विवरणहरू बेइजिङ पुग्ने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठिरहेको छ ।
अमेरिकी राज्यहरू नर्थ डाकोटा, इओवा लगायतले यसअघि नै टिकटक माथि प्रतिबन्ध लगाइसकेका छन् ।

Leave a comment