राजनीति

लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार पर्सा क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार युवा नेता रहबर अन्सारी घरदैलो तथा शुभकामना अदान प्रदानमा व्यस्त

बीरगंज, ९ कार्तिक

लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार पर्सा क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार युवा नेता रहबर अन्सारीले आज बीरगंज महानगरपालिकाको वडा नं. २१ पटेल नगरमा घरदैलो तथा हिन्दूहरुको महान पर्व दिवापली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम ब्यस्त रहेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार युवा नेता रहबर अन्सारीले घर घर जाऔं, रहबर अन्सारीलाई जिताऔं मुल नाराको साथ समर्थक तथा मतदाताहरुलाई पाँच दलिय गठबन्धनलाई जिताउन सक्दो सहयोगका लागि अपिल गरेका छन् ।

घरघर पुग्ने अभियानमा युवा तथा अग्रजहरु स्वस्फूर्त लागेको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ पटेल नगरमा बाम लोकतान्त्रिक गठबन्धन को तर्फबाट प्रदेश सभा सदस्य पदका उमेदवार रहबर अंसारीले नागरिकले नयाँ अनुहार खोजेकाले मतदाताको मन र मत पाए आफूले निर्वाचन जित्ने बताए । आफ्नो क्षेत्रको उन्नती र विकासका लागि ठूलो लक्ष्य लिएर हिँडेको भन्दै उनले त्यो लक्ष्यलाई पूरा गर्न सबैको साथको आवश्यकता रहेको बताए । यसपालिको चुनावी महोल र पार्टीप्रति नागरिकको लहरले म ढुक्क छु,’ उनले भने, ‘मतदाताले मेरो त्याग, समर्पण र निरन्तरतालाई सही मूल्यांकन गर्ने छ ।’

सो कार्यक्रममा स्थानिय नेता तथा कार्यक्रर्ता जतन कुर्मी, अनिरुद्ध यादव, गजाधार पटेल, ओमप्रकाश पटेल, सरोज पटेल, नरेश यादव सहित उल्लेखनीय उपस्थिति रहेको नेता इजराईल अन्सारीेले बताए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button