राजनीति

मधेसी दल छाडेकी महिला नेतृ रम्भा मिश्रा काँग्रेसमा प्रवेश

वीरगञ्ज, १९ श्रावण

पर्सा जिल्लाको चर्चित महिला नेत्री रम्भा मिश्र नेपाली काँग्रेस प्रवेश गर्नु भएको छ। बिगत १ दशक देखी लगातार मधेसी पार्टीमा आवद्ध रही निरन्तर रुपमा काम गर्दै आएकी रम्भा मिश्र आज नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ। उनले सद्धभावना पार्टीबाट राजनिती सुरुगरेकी मिश्र समय सापेक्षको राजनीति चपेटामा पनि परिन स्थानिय निर्वाचनमा त्यतिखेर लोसपाले विभेद गरि वीरगन्ज महानगरको उपमेयरको टिकट रम्भा मिश्रको ठाउँमा पुरुषोतम झालाई दिए पश्चात् स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएकी थिईन।

नेपाली कांग्रेसका सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवाबाट सदस्ता ग्रहण गरि पछिला दिन जस्तै स्थलगत रुपमा स्क्रीय राजनिती गर्ने वहाँले बताउनु भयो। रम्भा मिश्रलाई पार्टी प्रवेश गराउन नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाको संयुक्त टोली प्रधानमन्त्री कार्यालय पुगेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button