समाचार

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडाैं, ३१ असाेज । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस हाे । याे हरेक वर्ष अक्टोबर १७ तारिखका दिन विश्वभर मनाइन्छ। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२६ को अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको आधिकारिक मुख्य नारा 'सामाजिक तथा संस्थागत दुर्व्यवहारको अन्त्य: न्यायपूर्ण, शान्तिपूर्ण र समावेशी समाजका लागि एकजुट भएर कार्य गर्दै' रहेको छ।

 

चरम गरिबीमा बाँचिरहेका मानिसहरूको पीडा, संघर्ष र उनीहरूको आत्मसम्मानको कदर गर्न यो दिवस मनाउन थालिएको हो। सन् १९८७ को अक्टोबर १७ मा फ्रान्सको पेरिसस्थित ट्रोकाडेरोमा लाखौं मानिसहरू जम्मा भएर गरिबी र मानव अधिकारको उल्लङ्घनविरुद्ध आवाज उठाएका थिए। त्यसको स्मरण गर्दै संयुक्त राष्ट्रसंघीय महासभाले डिसेम्बर १९९२ मा यो दिनलाई आधिकारिक रूपमा 'अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस' का रूपमा मनाउने निर्णय गरेको हो।

 

सन् १९९३ देखि निरन्तर रूपमा यो दिवस मनाउँदै आइएको छ।

 

विश्वभरबाट चरम गरिबी र असमानता हटाउनु,  गरिबीको रेखामुनि रहेका मानिसहरूको अवस्थाप्रतिको जनचेतना जगाउनु, गरिबी निवारणका लागि सरकार, संघसंस्था र नागरिक समाजको सहकार्य तथा ऐक्यबद्धता बलियो बनाउनु, गरिबी केवल आर्थिक अभाव मात्र नभई यो मानव अधिकारको सम्मान र सुरक्षासँग जोडिएको विषय हो भन्ने बुझाउनु यसकाे मुख्य उदेश्य हाे ।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यको पहिलो नम्बरमा सन् २०३० सम्ममा विश्वबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य लिइएको छ।  

 

यो दिवसले गरिबीको रेखामुनि रहेका सीमान्तकृत समुदायको आवाजलाई बुलन्द गर्न र उनीहरूलाई आवश्यक अवसर, शिक्षा, स्वास्थ्य तथा रोजगारीको पहुँच पुर्‍याउन नीति निर्माताहरूलाई घच्घचाउने काम गर्दछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button