समाचार

नेप्सेमा झिनो सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौं, २२ असोज । साताको कारोबारको चौथो दिन बिहीबार नेप्सेमा झिनो सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३१ अंक बढेर २५७४.६५ विन्दुमा पुगेको छ। 

सेन्सेटिभ इण्डेक्स ०.८१ अंक, फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक बढेको छ। १३ मध्ये आठ उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बुधबार तीन अर्ब ७४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५४ स्टकको ४३ हजार ८१२ स्टकको तीन अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

बिहीबार पनि घलेम्दी हाइड्रो कम्पनीको २६ करोड ६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँ र पिपुल्स हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन्। स्नो रिभर्सको शेयरमूल्य करिब साढे ६ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड २ र मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य ६ प्रतिशत बढेको छ। 
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button