समाचार

भारततर्फ जाने भन्दै घरबाट निस्किएका वीरगञ्जका २५ वर्षीय युवक बेपत्ता

 वीरगञ्ज महानगरपालिका–१६ घुसुकपुर (नगवा) का २५ वर्षीय प्रेमराज कुमार चौबे सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ।

परिवारका अनुसार प्रेमराज बुधबार राति भारततर्फ जाने तयारीमा रहेको भन्दै घरबाट बाहिरिएका थिए। घरबाट निस्किँदा उनले मोबाइल फोन भने घरमै छाडेको बताइएको छ। त्यसपछि उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्।

मोबाइल घरमै छाडेर निस्किएका कारण उनको खोजीमा थप कठिनाइ भएको परिवारको भनाइ छ। घरबाट निस्किएपछि उनी कहाँ पुगे भन्नेबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

प्रेमराजका बुवा राकेश कुमार चौबेले छोराको खोजीमा सहयोग गरिदिन आफन्त, स्थानीयवासी तथा भारततर्फ जाने–आउने सर्वसाधारणसँग आग्रह गरेका छन्।
प्रेमराजलाई कतै देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी भए ९८४५९४७८२१ वा ९८११८८३४९४ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

बेपत्ता व्यक्तिको तस्बिरसहितको सूचना सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट व्यापक रूपमा फैलाउन सके खोजीमा सहयोग पुग्ने परिवारको अपेक्षा छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button