समाचार

आज सामान्य घट्यो सुन, चाँदीको भाउ ४० रुपैयाँले बढ्यो

काठमाडौं, १९ असोज । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको दोस्रो दिन सोमबार छापावाल सुन सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला दुई लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने ४० रुपैयाँले बढेर प्रतितोला ४४३० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदीको मूल्यमा गिरावट आएको थियो । 

महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४९ हजार ९१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७९८ रुपैयाँ कायम भएको छ ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button