समाचार

युवा नेता शंकर तिवारीले गरे कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं, १८ असोज । युवा नेता, लेखक तथा राजनीतिक विश्लेषक शंकर तिवारीले कांग्रेस महामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

१४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यका सबैभन्दा कान्छा उम्मेदवार रहेका र पार्टी सभापति गगन थापानिकट मानिने तिवारीले बदलिँदो परिस्थितिमा कांग्रेस विचारको रक्षा, सृजनशील व्याख्या, सामयिक नवीकरण र नवपुस्तालाई वैचारिक राजनीतिमा जोड्न उम्मेदवारी दिएको बताएका छन्।

अति दक्षिणपन्थी लोकप्रियतावादको चपेटामा परेको कांग्रेस विचारलाई जोगाउन वैचारिक स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टी संगठनलाई सुदृढ बनाउँदै तल्लो तहका जनतासम्म जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button