समाचार

प्याब्सनका पूर्वअध्यक्ष विजय सम्बाहाम्फेले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडाैं, १८ असाेज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का पूर्वअध्यक्ष विजय सम्बाहाम्फेले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ। सोमबार उम्मेदवारको मनोनयनको कार्यक्रम तोकिएको छ। सम्बाहाम्फेले आदिबासी जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए।

तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेमा जन्मिएका सम्बाहाम्फे काठमाडौँको लोयल्टी स्कुलका संस्थापक सञ्चालक हुन्। उनी हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-९ का बासिन्दा हुन्। शिक्षा, पर्यटन, कृषि, जलविद्युत र वित्तीय संस्थाहरूमा आवद्ध रहेर देश र समाजकालागि सेवा गर्दै आएका उनी केही समयदेखि तेह्रथुमबाट कांग्रेसको राजनीति पनि गर्दै आएका छन्।

उनी नेपाली कांग्रेस तेह्रथुमको कोषाध्यक्ष भइसकेका नेता हुन्। यसअघि ०७४ को निर्वाचनमा उनी तेह्रथुम प्रदेशसभा क्षेत्र-२ बाट उम्मेदवार थिए।

पार्टीको केन्द्रीय सूचना तथा सञ्चार विभागको सदस्य, पेशागत तथा बुद्धिजीवी विभागको सचिव भइसकेका उनी यसअघि राष्ट्रिय उच्च शिक्षा आयोगको सदस्य समेत भएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button