समाचार

कांग्रेसको केन्द्रीय उपसभापति पदमा दीपक गिरीको उम्मेदवारी घोषणा

काठमाडौं, १८ असोज। नेपाली कांग्रेसका नेता दीपक गिरीले आसन्न महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीको वर्तमान अवस्था, बदलिँदो राजनीतिक परिस्थिति, कार्यकर्ता तथा जनताको अपेक्षा र नेपाली कांग्रेसले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यानमा राख्दै आफूले उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको नेता गिरीकाे भनाइ छ ।

गिरीले आफ्नो उम्मेदवारीलाई नेपाली कांग्रेसलाई थप एकताबद्ध, संगठित, जनमुखी, लोकतान्त्रिक र गतिशील बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन् ।

उम्मेदवारी घाेषणा गर्दै उनले भनेका छन्-

नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, राष्ट्रियता, सामाजिक न्याय र जनअधिकारप्रतिको प्रतिबद्धतालाई राजनीतिक जीवनको आधार बनाउँदै निरन्तर सक्रियता।
पार्टी संगठनलाई स्थानीय तहदेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सुदृढ बनाउने अभियानमा निरन्तर भूमिका।

दाङलगायत पश्चिम नेपालका जनताको आवाजलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा उठाउँदै विकास, पूर्वाधार, रोजगारी र जनजीविकाका सवाललाई प्राथमिकता।

जनप्रतिनिधिका रूपमा जनतासँग प्रत्यक्ष संवाद र स्थानीय आवश्यकता तथा समस्यालाई नीति निर्माणसँग जोड्ने प्रयास।

नेपाली कांग्रेसभित्र संगठन, कार्यकर्ता र जनसम्बन्धलाई राजनीतिक शक्तिको मूल आधारका रूपमा स्थापित गर्न निरन्तर जोड।

लोकतान्त्रिक आन्दोलनका मूल्य, विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको संरक्षणप्रति स्पष्ट प्रतिबद्धता।

पार्टीभित्र फरक विचार र मतलाई सम्मान गर्दै संवाद, सहकार्य र सहमतिको राजनीतिक संस्कार विकास गर्न जोड।

लामो समय पार्टीमा योगदान गरेका नेता तथा कार्यकर्ताको सम्मान र नयाँ पुस्तालाई नेतृत्वको अवसर दिने पक्षमा निरन्तर वकालत।

राष्ट्रिय राजनीतिमा देखिएका चुनौतीबीच नेपाली कांग्रेसलाई नीति, विचार र संगठनका आधारमा पुनः सशक्त र जनविश्वसनीय राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने धारणा।

उम्मेदवारीका प्रमुख आधार

गुटभन्दा माथि उठेर समग्र कांग्रेसको एकता र सुदृढीकरण गर्न।

पार्टीको संगठनलाई वडा तहदेखि केन्द्रसम्म थप सक्रिय, व्यवस्थित र परिणाममुखी बनाउन।

लामो समय योगदान गरेका नेता तथा कार्यकर्ताको योगदान र क्षमताको उचित सम्मान गर्न।

पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउन।

युवालाई पार्टीको भविष्यका रूपमा मात्र नभई वर्तमान नेतृत्व र निर्णय प्रक्रियाको महत्वपूर्ण साझेदार बनाउन।

महिला, युवा, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम तथा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न।

कांग्रेसलाई निर्वाचनको समयमा मात्र होइन, हरेक समय जनतासँग जोडिएको राजनीतिक संगठनका रूपमा स्थापित गर्न।

सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई पार्टीको राजनीतिक संस्कारसँग जोड्न।

कृषि, रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता दिन।

बदलिँदो पुस्ता, प्रविधि र सामाजिक परिवेशअनुकूल आधुनिक, प्रविधिमैत्री र डिजिटल कांग्रेस निर्माण गर्न।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button