समाचार

भरत दाहालको पक्राउ सरकारको स्वेच्छाचारी कदम : डा. शेखर कोइराला

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्लेषक भरत दाहालको पक्राउलाई सरकारको स्वेच्छाचारी कदमको संज्ञा दिँदै आपत्ति जनाएका छन्।

सरकार नीति र नियमभन्दा बाहिर गएर चल्दा लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिँदै उनले दाहालको तत्काल रिहाइको माग गरेका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. कोइरालाले भनेका छन्, 'जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छाचारी हुन थाल्दछ। भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो।'

पछिल्लो समय सरकारले देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले 'हामी कस्तो समाज निर्माण गर्दैछौँ?' भनी प्रश्नसमेत गरेका छन्।

डा. कोइरालाले दाहाललाई अविलम्ब रिहा गर्न र यस्ता लोकतन्त्रविरोधी क्रियाकलाप भविष्यमा नदोहोर्‍याउन सरकारसँग आग्रह गरेका छन्। 'भरत दाहालको तुरुन्त रिहाइ गर्न र यस्ता लोकतन्त्रविरोधी क्रियाकलाप फेरि नदोहोरिने प्रतिबद्धताका लागि सरकारसँग आग्रह गर्दछु,' उनले भनेका छन्।

नेता कोइरालाले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि सरकार सधैँ गम्भीर र सचेत हुनुपर्नेमा जोड दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button