समाचार

स्वकीयको विवरण अध्यावधिक गर्न प्रदेश सभा सांसदलाई प्रदेश सभाको म्यासेज !

सुर्खेत, ३१ भदौ । कर्णाली प्रदेश सभाले प्रदेश सभामा रहेका सांसदहरुलाई आफूले नियुक्त गर्ने स्वकीय सचिव (नायव सुब्बा) सरहका कर्मचारीको विवरण अध्यावधिक गर्न सांसदहरुलाई म्यासेज गरेको छ ।

प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार कर्णाली प्रदेश सभामा यसअघि रहेका विवरणहरु जेनजी आन्दोलनका क्रममा जलेका कारण पुनः विवरण पठाउन वा अध्यावधिक गर्न प्रदेश सभाले माननीयलाई म्यासेज गरेको हो ।

‘भदौ २४ गतेको आन्दोलनमा प्रदेश सभाका सबै कागजातहरु जलेर नष्ट भएका थिए,’ उनले भने, ‘कम्प्यूटर देखि सबै सामाग्री नष्ट भएका कारण हामीले प्रदेश सभा सदस्यज्यूहरुलाई मंगलबार साँझ अनुरोध गरेका हौँं ।’

नेपाली काँग्रेस संसदीय दलका प्रमूख सचेतक हिक्मत विष्टले प्रदेश सभाबाट विवरण अध्यावधिक गर्न भन्दै म्यासेज आएको पुष्टि गरे । ‘हिजो हामीलाई म्यासेज आएको थियो । आजदेखि माननीयज्यूले स्वकीय सचिवको नियुक्तिका लागि विवरण बुझाउनु हुन्छ होला ,’ उनले भने ।

कर्णाली प्रदेश सरकारको मन्त्रीपरषदको भदौ २४ गते बसेको वैठकले प्रदेश सभाका र्सासदहरुलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको थियो । प्रदेश सभाले जेनजी आन्दोलन पछि गत वर्ष असोज देखि स्वकीयको तलब सुविधा रोक्का गरेको थियो ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button