समाचार

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज, २६ भदौ । पर्साका छुट्टाछुट्टै स्थानबाट प्रहरीले १८ किलोभन्दा बढी गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

नियमित गस्तीमा खटिएको प्रहरी टोलीले बिहीबार पटेर्वासुगौली गाउँपालिका–४ भथौराका ७० वर्षीय दुखी महतोलाई उहाँकै घरबाट १८ किलो ४०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो।

यसैगरी, वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button