अन्तराष्ट्रियमधेसमलेसिया बिशेषसमाचारसमाज

मलेसियामा निधन भएका महोत्तरीका पप्पु यादवको शव स्वदेश ल्याइयो।

काठमाडौं– मलेसियामा रोजगारीका क्रममा आकस्मिक निधन भएका महोत्तरीको औरही नगरपालिका–६ निवासी पप्पु यादवको शव स्वदेश ल्याइएको छ।

हेल्प मधेसी मलेसियाको पहल तथा समन्वयमा यादवको शव मंगलबार राति (असार १६ गते/३० जुन) नेपाल ल्याइएको हो। पारिवारिक स्रोतका अनुसार उहाँको अन्त्येष्टि आजै गरिनेछ।

यादवको गत जुन २६ मा मलेसियामा आकस्मिक निधन भएको थियो। उहाँ वैधानिक प्रक्रियाबाहिर मलेसियामा रहेको जनाइए पनि शव यथाशीघ्र नेपाल ल्याउन हेल्प मधेसी मलेसियाले आवश्यक समन्वय र सहयोग गरेको जनाएको छ।

शव स्वदेश फिर्ता गराउने प्रक्रियामा सहयोग पुर्‍याउने हेल्प मधेसी मलेसियाका संस्थापक सदस्य सुशील कुमार महतो, वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो तथा नेपालको दूतावास, क्वालालम्पुरप्रति संस्थाले विशेष आभार व्यक्त गरेको छ।

हेल्प मधेसी मलेसियाले दिवंगत यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। संस्थाले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीलाई आवश्यक सहयोग र समन्वय गर्दै आएको पनि जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button