Banner Newsअपराधसमाचारसमाज

उजुरी फर्छ्यौट नगर्ने म्यानपावर कम्पनीको नवीकरण रोकिने

वैदेशिक रोजगार विभागले पीडितलाई राहत तथा क्षतिपूर्ति दिने हकमा भएको कानुनलाई कडा बनाउने भएको हो । एकजना व्यक्तिसँग बढी पैसा लिएको भेटिएमा ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

होम कार्की

काठमाडौँ — वैदेशिक रोजगार विभागले उजुरी  फर्छ्यौट  नगर्ने म्यानपावर कम्पनीको नवीकरण नगर्ने भएको छ । त्यस्ता कम्पनीले आउँदो साउन १ देखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन् ।

विभागले वर्षौंदेखि थाती राखेको उजुरीलाई अन्तिम किनारा लगाउन उजुरी फर्छ्यौट गर्न म्यानपावरको नवीकरण नगर्ने नीति लिएको हो । ‘विभागले मुद्दा तथा अनुसन्धान कामलाई छिटोभन्दा छिटो टुंग्याउन  खोजेको हो,’ विभागकी महानिर्देशक मीरा आचार्यले भनिन्, ‘अहिले नवीकरण गर्ने बेला छ । त्यो नवीकरण गर्ने बेलामा उजुरी फरफरक भएन भने नवीकरण हुँदैन ।’

विभागले यसबारे म्यानपावर व्यवसायीलाई जानकारी दिइसकेको छ । विभागमा २०५७ सालदेखिका उजुरी थाती छन् । त्यस्तो उजुरी संस्थागत र व्यक्तिगत झन्डै ४४ हजार वटा छन् । सबैभन्दा बढी व्यक्ति छ ।

म्यानपावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ । ठगीमा परेका श्रमिकले व्यक्तिविरुद्ध उजुरी गर्ने गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button