रास्वपा कलैया–१८ को नेतृत्वमा रूपेश कुमार चौरसिया चयन, प्रथम वडा अधिवेशन भव्य रूपमा सम्पन्न।

बारा, कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. १८ को प्रथम वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन प्रमुख अतिथि अफरोज आलमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
अधिवेशनबाट रूपेश कुमार चौरसिया वडा सभापतिमा चयन भएका छन्। त्यसैगरी उपसभापतिमा सुरेन्द्र कुमार राम, सचिवमा दिपेन्द्र महतो धानुक, सह–सचिवमा रोहेल कुशवाहा तथा कोषाध्यक्षमा लिला देवी चयन भएकी छन्।
त्यसैगरी सदस्यहरूमा बिनोद कुमार मंडल, राम भजन महतो, धाना देवी बैठा, किशोर महतो धानुक, रामउती देवी तथा पार्वती देवी चौरसिया चयन भएका छन्।
कार्यक्रममा गाउँका भद्रभलादमी, बुद्धिजीवी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वडा तहमा पार्टी संगठनलाई अझ सुदृढ बनाउँदै जनताको पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
अधिवेशनले वडा स्तरमा रास्वपाको संगठन विस्तार तथा जनसरोकारका मुद्दालाई थप प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गरिएको छ।



