समाचारसमाजस्वास्थ्य

गरिमा विकास बैंक बिरगंज शाखाको १९औं वार्षिकोत्सव एवं रक्तदान कार्यक्रम सम्पन्न

बीरगंज। गरिमा विकास बैंक बिरगंज शाखाले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। समाजप्रति दायित्व निर्वाह गर्दै हरेक वर्षजस्तै यस वर्ष पनि बैंकले रक्तदानमार्फत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएको जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा एफ.एन.सि.सि.आइ बिरगंजका नवनिर्वाचित अध्यक्ष अनिल कुमार अग्रवालले ब्यानरमा हस्ताक्षर गरी र केक काटेर कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रमको स्वागत मन्तव्य बैंकका बिरगंज शाखा प्रबन्धक राजीव कुमार झाले राख्दै, बैंकले ग्राहक–मैत्री सेवा, डिजिटल बैंकिङ विस्तार तथा सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने जानकारी दिए।

झाका अनुसार, वार्षिकोत्सवसँगै आयोजना गरिएको रक्तदान कार्यक्रमले वित्तीय कारोबारसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र मानवसेवामा योगदान पुर्‍याउने उद्देश्य बोकेको छ।
त्यसैगरी, गरिमा विकास बैंक मधेस प्रदेश प्रमुख दयाकान्त साहले बैंकलाई अहिलेको स्थानमा पुर्‍याउन सहयोग गर्ने ग्राहक, संस्थागत साझेदार तथा आम नागरिकप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

रक्तदान कार्यक्रममा ५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। उल्लेखनीय रूपमा ३० भन्दा बढी महिला तथा २० भन्दा बढी पुरुषले रक्तदान गरेका थिए। रक्तदाता सबैलाई प्रमुख अतिथि अग्रवालले प्रमाणपत्र वितरण गरे।

कार्यक्रममा गरिमा विकास बैंक मधेस प्रदेश प्रमुख दयाकान्त साह, लायन्स क्लब इन्टरनेशनलका पास्ट डिस्ट्रीक्ट गभर्नर देवकी चन्द अग्रवाल सहितका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, अतिथिहरूमा नेपाल पत्राचार महासंघका पूर्व उपाध्यक्ष युराज खड्का, जीवनजोति स्कुल अध्यक्ष शिवकुमार गुप्ता, एन्जलवल्ड स्कुल अध्यक्ष रामराज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी तर्फबाट सौरभ राज पान्डे तथा प्राविधिक लिलाधर साह उपस्थित थिए।
कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक राजिव कुमार झाले गरेका थिए भने सञ्चालन गरिमा विकास बैंकका क्रेडिट इन्चार्ज चन्दन साहले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button