Modern technology gives us many things.

रत्ननगरमा बोर्डर क्रस ह्युमन रिसोर्स र एस हिमालयन टुर्स एण्ड ट्राभल्सको सेवा सुरु

44

चितवन, रत्ननगर —
बोर्डर क्रस ह्युमन रिसोर्स प्रा.लि. र एस हिमालयन टुर्स एण्ड ट्राभल्स प्रा.लिले सोमबारदेखि रत्ननगरमा सेवा प्रारम्भ गरेका छन्।विगत तीन वर्षदेखि काठमाडौं–१६, बालाजुस्थित प्रधान कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको बोर्डर क्रसले मलेसियामा समेत शाखा स्थापना गरी वैदेशिक रोजगारका लागि विश्वासिलो संस्था भनेर परिचित बनाएको छ। कम्पनीले अब रत्ननगर–३, सान्तिचोकस्थित नयाँ शाखाबाट पनि सेवा विस्तार गरेको हो।

लक्ष्मीपूजाको शुभ दिन पारेर सुरु गरिएको सो शाखाबाट मलेसिया, दुबई, साउदी अरब, कतार, बहराइन तथा युरोपका विभिन्न देशहरूमा रोजगारका अवसर उपलब्ध गराउने योजना रहेको संचालक सन्तोष भट्टले जानकारी दिए। 

उनका अनुसार, कम्पनीले वैदेशिक रोजगारसँगै देश–विदेशका विभिन्न गन्तव्यका लागि हवाई टिकट सेवा पनि एस हिमालयन टुर्स एण्ड ट्राभल्स मार्फत उपलब्ध गराउनेछ।

कार्यक्रममा रत्ननगर नगरपालिका–१ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। संचालक सन्तोष भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

Leave a comment