राजनीतिसमाचारसमाज

आजै साँझसम्म सपथ गराउने हिसाबले मन्त्रिपरिषद् गठनको तयारी, कसको भागमा कुन मन्त्रालय ?

काठमाडौं := आजै साँझसम्म सपथ गराउने हिसाबले मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ । जीन–जी प्रतिनिधि, कुलमान घिसिङ, दुर्गा प्रसाईं र बालेन साहको प्रतिनिधिलाई राखेर नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनको एक्ससाइज थालेकी हुन् ।

आन्तरिम सरकारको नेतृत्व गर्न अगाडि सरेका कुलमान घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा नजाने भएका छन्। उनले मन्त्री पद लिन ठाडै अस्वीकार गरेको बुझिएको छ। घिसिङ आफू मन्त्री नबन्ने भएपछि उनले सिफारिस गरेको व्यक्तिलाई मन्त्री बनाइने भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भने ६ जनाको लागि मन्त्री पद मागेका छन् । तर उनको सिफारिसमा २ जना मन्त्री बन्ने पक्काजस्तै भएको छ । उनले कसलाई सिफारिस गर्छन् त्यसबारेमा कुनै संकेत प्राप्त भएको छैन । सम्भवतः एकजना डा. सुरेन्द्र केसी हुनसक्ने बताइएको छ ।

जेनजीको प्रतिनिधि भनेर कोही पनि मन्त्री बन्न नजाने स्पष्ट पारेका छन् । आफ्नो टिमबाट मन्त्रीको जिम्मेवारी नलिने भएपछि जिनजीले स्वतन्त्र र निष्कलंक व्यक्तिको खोजी गरिरहेको बुझिएको छ । त्यसमध्ये पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई र बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललगायतको नाम मन्त्री बन्ने सूचिमा छ, तर फाइनल भने भइसकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button