मलेसिया बिशेषसमाचारसमाज

दूतवास र पिएनसिसिको सहकार्यमा ४ जना स्वदेश फर्किए।

क्वालालम्पुर स्थित नेपाली राजदूतवास र पिएनसिसिको सहकार्यमा ४ जना पिडित नेपाली स्वदेश फर्किएका छन । स्वदेश फर्किनेमा प्रेम बहादुर बिष्ट, धिरेन लामा, तोपा बिक र पूर्ण बहादुर पुन रहेका छन ।

भिन्न भिन्न मितिमा फर्किएका ४ जना मध्ये प्रेम बहादुर बिष्ट र धिरेन लामा बिरामी हुन हस्पिटलको रिपोर्ट अनुसार प्रेम कलेजोमा समस्या देखिएको थियो भने खुट्टाको बुढीऔलाको कापमा घाउ निक्लिएको धिरेनलाई सुगरको कारण खुट्टा काट्नु पर्ने डाक्टरले सल्लाह दिएका थिए । कमाएको पैसा उपचार गर्दागर्दै सकिए पछि दूवैजना सहयोगको याचना गर्दै दूतवास आईपुगेका थिए ।
त्यसैगरि तोपा बिक एजेन्ट द्वारा पिडित हुन । सिंगापुरमा काम दिलाउने प्रलोभन देखाई एजेन्टले मलेसिया ल्याएर उनलाई पिडित बनाएको थियो भने, पूर्ण बहादुर पुन अध्यागमनको धडपकडमा परि घरफिर्ती केन्द्रमा थिए । 

मलेसियामा अबैधानिक बसोबास गरेका चारैजनाको ट्राभल्स डकुमेन्ट नेपाली राजदूतवासले निशूल्क जारि गर्दै कागजी प्रकृयामा सहयोग गरेको हो भने, दूतवाससंगको सहकार्यमा हवाई टिकटका लागि पिएनसिसिले अन्य संघ-संस्थासंग समन्वय गरेको हो ।

पिएनसिसिको आग्रहमा, पुचोङ एफसिले उपलब्ध गराएको हवाई टिकटमा अत्तरपूर ६, सिन्धुपाल्चोकका धिरेन लामा १० जूनका दिन, प्रवासी नेपाली मञ्चले उपलब्ध गराएको हवाई टिकटमा खुम्बु ५, प्युठानका तोपा बिक १४ जुन र बाग्लुङका पूर्ण बहादुर पुन १९ जुनका दिन बाटिक एयरबाट फर्किएका हुन त्यसैगरि पिएनसिसिकै आग्रहमा सक्रिय प्रवासी नेपाली समाजले उपलब्ध गराएको हवाई टिकटमा जजनाथ ५, बाजुराका प्रेम बहादुर बिष्ट ११ जुनका दिन हिमलयन एयरबाट फर्किएका हुन । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button