मलेसिया बिशेषसमाचारसमाज

नयाँ बर्षको सुभकामना आदानप्रदान तथा बुलेट आमालाइ सम्मान कार्यक्रम भव्य साथ सम्पन्न । 

मलेसिया:=प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज पोट्क्लाङ र व्यावसायि हरु द्वारा आइतबार पोटक्लाङ स्थित गाउले रेस्टुरेन्ट मा प्रबासी नेपाली हातेमालो काल्याण्कारी समाज र व्यावसायि हरुको संयुक्त आयोजनामा आयोजित नयाँ बर्षको सुभकामना आदानप्रदान तथा बुलेट आमालाइ सम्मान कार्यक्रम सम्पन्न छ ।

हातेमालो काल्याण्कारी समाजका अध्यक्ष पुरूषोत्तम कार्की ढोलीको सभापतित्वमा सम्पन कार्यक्रम मा प्रमुख अतिथी सुसिला तिवारी उर्फ बुलेट आमा तेस्तै विशेष अतिथीको रुपमा युवा ब्यबसायी तथा समाजसेवी नेत्रप्रसाद अधिकारी रहनु भएको थियो ।

कार्यक्रममा स्थानिय कलाकार हरुको कला प्रस्तुत लगाएत सुभकामना आदानप्रदान गर्नुका साथै कार्यक्रम  आयोजक हातेमालो काल्याण्कारी समाजले सबैलाइ सम्मानगर्दै सम्मान पत्र प्रधान गरेको थियो । 

आफुलाई नेपाली समाजले मलेसियामा दिएको सम्मान र माया सरहानिय रहेको बताउदै कार्यक्रम आयोजक लाई प्रमुख अतिथी सुसिला तिवारी उर्फ बुलेट आमाले धन्यवाद ज्ञापन गरेकि थिइन । 

कार्यक्रम लाई समापन गर्दै कार्यक्रमका सभापति पुरूषोत्तम कार्की ढोलि ले हातेमालो काल्याण्कारी समाजलाई सबैले मिलेर अगाडि लैजान व्यावसायि साथिहरु गोल्बद्व भएर पारस्परिक सहयोग भाव राखेर अगाडि बड्नु पर्ने बताउदै आगामी दिन हरुमा पनि सबैको साथ सहयोग रहनुपर्छ भन्दै कार्यक्रम लाई सहयोग गर्नुहुने सहयोगि स्पोन्सर हरु, कलाकार पत्रकार , उपस्थित सबैलाइ धन्यवाद दिदै कार्यक्रम  बिसर्जन गर्नुभएको थियो । कार्यक्रम संचालन पत्रकार तिलोचन गौतम गर्नुभएको थियो । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button