पत्र-पत्रिकाराजनीतिराष्ट्रियसमाचारसमाज

कुलमान हटाएपछि सीके राउतको टिप्पणी: कांग्रेस, एमाले र माओवादीले नै राजा ल्याउन षड्यन्त्र गरेका हुन् कि?

काठमाडौं :=जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्नुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीन दिलकै मिलेमतो हुन सक्ने आशंका गरेका छन्।

सोमबार बिहान सिंहदरबारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो भने त्यही साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमान हटाउने निर्णय गरेको थियो।

यसैबीच जनमत पार्टीका अध्यक्ष सीके राउतले मुलुकका लोकप्रिय मानिसलाई एकपछि अर्काे गर्दै थान्को लगाइएको उल्लेख गर्दै यो तीन दलकै षड्यन्त्र त होइन भनी शंका गरेका हुन्।

मलाई मात्रै यस्तो लागेको हैन होला– संवेदनशील भएर जानुपर्नेमा देशमा लोकप्रिय रहेका/भइरहेका सबैमाथि एक/एक गरी हमला गर्दै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले नै ‘बर्डेन सिफ्टिङ’का लागि राजा ल्याउने गरी माहोल बनाउँदै षड्यन्त्र गरेका हुन् कि?’

उनले अगाडि लेखेका छन्, ‘कुलमान घिसिङलाई बरखास्त गरेको, सभापति मा. रवि लामिछाने र रास्वपालाई अदालतमै बाँधिदिएको, राजावादीहरूको आन्दोलनलाई धेरै महत्त्व दिएर सरकारले नै माहोल बनाइदिएको, अझ पूर्वराजालाई पक्राउ गर्ने भ्रमपूर्ण हल्ला फिँजाएर केही जनतालाई झन् आक्रोशित बनाएको, चैत्र १५ गते समाजवादी मोर्चाले प्रदर्शन गर्ने भनेर मुठभेडको वातावरण बनाइदिएको, बालेनलाई भित्तामा पुर्‍याउने गरी चिढ्याएको, मधेस र थरुहटबाट उदाएका शक्तिहरूलाई मेटाउने गरी विधेयक ल्याउन लागेको।’

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button