– विप्लवि तेन्जु योन्जन
मलेसियामा रहेका नेपाली प्रवासी समुदायका लागि केही नाम केवल पद र परिचयमा सीमित हुन्छन्, तर केही नामहरू संघर्ष, सेवा र भरोसाको प्रतीक बन्छन्। एनआरएनए मलेसियाका बरिष्ठ उपाध्यक्ष, आरटिएफसी (RTFC) का संस्थापक अध्यक्ष राजु तामाङ्ग त्यस्तै एक नाम हुनुहुन्छ, जो कागजी नेतृत्वभन्दा फरक, समस्याको मैदानमै उभिएर काम गर्ने व्यक्तित्वका रूपमा चिनिनु भएको छ।
विदेशी भूमिमा रोजगारीका नाममा ठगिएका, कम्पनी बन्द भएर अलपत्र परेका, कानुनी झमेलामा फसेका, बिरामी भएर उपचार नपाएका वा स्वदेश फर्कन नसक्ने अवस्थामा पुगेका नेपालीहरूका लागि तामाङ्ग केवल पदधारी नेता होइनन्, उनीहरूको दुःखको घडीमा साथ दिने मानवीय हात हुन्। धेरै पीडित प्रवासीहरूका अनुसार समस्या परेपछि कार्यालयको कागजमा भेटिने नेताभन्दा, आफैं घटनास्थल पुगेर समाधान खोज्ने व्यक्ति राजु तामाङ्ग नै हुन्।
उहाँको पहलमा उद्धार, अस्पताल भर्ना, कानुनी परामर्श, दूतावास समन्वय तथा स्वदेश फिर्तासम्मका थुप्रै घटनाहरू सफल भएका छन्। यी कार्यहरू कुनै प्रचारका लागि नभई, मानवीय कर्तव्यका रूपमा निरन्तर हुँदै आएका छन्। यही कारणले उहाँप्रति प्रवासी समुदायको विश्वास दिनानुदिन बढ्दै गएको देखिन्छ।
राजु तामाङ्ग स्वयं भन्नुहुन्छ, “विदेशमा पीडित हुनु भनेको केवल आर्थिक समस्या होइन, त्यो मानसिक, सामाजिक र मानवीय संकट हो। यदि नेतृत्वले त्यो पीडा महसुस गर्न सक्दैन भने पदको कुनै अर्थ रहँदैन।” यही सोचले उहाँलाई अरूभन्दा फरक बनाएको प्रवासीहरू बताउँछन्।
एनआरएनए मलेसियाको नेतृत्व तहमा रहँदै पनि तामाङ्गले संस्थागत सीमाभन्दा माथि उठेर मानवताको आधारमा काम गर्दै आउनु भएको छ। आरटिएफसीमार्फत खेलकुद र युवालाई सकारात्मक दिशामा जोड्नु, झापा एफ सीमार्फत सामाजिक उत्तरदायित्व बोकेर अगाडि बढ्नु उहाँको बहुआयामिक योगदानको उदाहरण हो।
आज मलेसियामा रहेका धेरै नेपालीहरूका लागि राजु तामाङ्ग “जिउँदो भगवान” जस्तै बनेका छन्—किनकि भगवानलाई संकटमा सम्झिन्छन्, र संकटमै उहाँ भेटिनुहुन्छ। भाषण र नारामा सीमित कागजी नेताभन्दा फरक, पीडित प्रवासीका लागि मैदानमै उत्रने नेतृत्वको उदाहरण बनेर उहाँ उभिनु भएको छ।
यसका ज्वालन्त उदाहरण हुन ।
झापा जिल्ला स्थायी घर भएका मर्दि करिब दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियाको जोहोरबारुस्थित एक कम्पनीमा काम गर्न आएका थिए। रोजगारीका क्रममा कागजात समस्या उत्पन्न भई विगत एक वर्षदेखि अवैधानिक रूपमा बसोबास तथा काम गर्दै आएका बेला मलेसियन प्रहरीको छापामा परी उनी पक्राउ परेका थिए।
प्राप्त जानकारीअनुसार दिपक मर्दि ८ जनवरी २०२६, बिहीबारका दिन नेपाल फर्किने कार्यक्रम तय भएको छ।
यसै बीच, लामो समयदेखि मलेसियामा व्यवसाय गर्दै आएका राजु तामाङले विभिन्न कारणले दुःख भोगिरहेका दर्जनौँ नेपाली श्रमिकहरूको उद्धार गर्दै आएका छन्। तामाङले मलेसियामा समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि आफू २४ सै घण्टा तयार रहेको पनि बताएका छन्।
त्यसैगरी, दिपक मर्दिसँगै जेल परेर कानुनी झमेलामा परेका बेदन मगर र सन्देश तामाङलाई थुनामुक्त गराउन नेपाली रुपैयाँ दुई लाखभन्दा बढी रकम दस्तुर भुक्तानी गरी जेलमुक्त गराइएको पनि जानकारी दिइएको छ।