राजनीतिसमाचारसमाज

दुई मन्त्रालय सम्हालेका घिसिङले दिए मन्त्री पदबाट राजीनामा।

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने भएका छन्। उनले आज बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरी औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि घिसिङको राजीनामा सार्वजनिक हुन लागेको हो। प्रधानमन्त्रीले चुनावी सरकारको मर्म र आचारसंहिता स्मरण गराउँदै, दलीय गतिविधिमा संलग्न रहँदै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेको विषयमा स्पष्टता मागेकी थिइन्।
यसअघि घिसिङले आफू कुनै पनि राजनीतिक दलको औपचारिक सदस्य नरहेको स्पष्टीकरण दिएका थिए। तर निर्वाचन नजिकिँदै गर्दा मन्त्री पदमा रहनु उपयुक्त नहुने निष्कर्षसहित उनले राजीनामा दिने निर्णय लिएको स्रोतहरूको भनाइ छ।
सत्ता सञ्चालन र चुनावी प्रतिस्पर्धाबीचको सम्भावित द्वन्द्व टार्न तथा सरकारको निष्पक्ष छवि जोगाउन यो कदम चालिएको बताइएको छ।
घिसिङ गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा नियुक्त भएका थिए। मन्त्री बनेसँगै उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको अतिरिक्त जिम्मेवारीसमेत दिइएको थियो। अल्प समयमै दुई मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङको राजीनामाले सरकारभित्र नयाँ राजनीतिक तरंग पैदा गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button