पत्र-पत्रिकाराजनीतिसमाचार

रास्वपाले डीपी अर्याललाई दियो कार्यवाहक सभापतिको जिम्मेवारी।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।

सभापति रवि लामिछानेविरुद्ध मुद्दा अघि बढेपछि आज बसेको सचिवालय बैठकले अर्याललाई सभापतिको जिम्मेवारी दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यसअघि दुईजना उपसभापति डा.स्वर्णिम वाग्ले र अर्यालमध्ये एकलाई बनाउने भनिएको थियो ।

तर सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएका रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको प्रवक्ता झाले जानकारी दिए।

मुद्दा प्रक्रिया अघि बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ। यद्यपी, सभामुख देवराज घिमिरले अहिलेसम्म निर्णय गरेका छैनन्।

सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परे देखी नै उपसभापति अर्यालले पार्टी समाल्दै आएका थिए , भने आज बाट उनले औपचारिक रुपमा पार्टीको सभापति भएर जिम्मेवारी समल्ने भएका छन् ।

सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै आइतबार कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो । यससँगै रास्वपामा सभापति रवि लामिछानेको अनुपस्थितिमा पार्टी सञ्चालनका लागि कार्यवाहक सभापति तोकिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button