मधेससमाचार

वीरगंज बाट सेवाग्राही तथा यात्रुलाई हैरानी दिने १८ जना विचौलिया पक्राउ

पर्साको वीरगंजस्थित यातायात व्यवस्था कार्यालय र बसपार्क एरियामा सेवाग्राही तथा यात्रुलाई हैरानी दिने १८ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ। यातायात कार्यालय पर्सा वीरगंजमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरमा अनाधिकृत रूपमा प्रवेश गरी काम मिलाइ दिन्छु भनी प्रलोभनमा पारी प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक दुख हैरानी दिने भन्ने पटकपटक जनगुनासो आएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार पक्राउ पर्नेमध्ये केहीले वीरगञ्जस्थित बसपार्क एरियामा समेत यात्रुलाई हैरानी दिइरहेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साबाट बिहीबार खटिएको प्रहरी टोलीले अनुगमन गर्दा उनीहरूले विचौलियाको काम गरिरहेको अवस्थामा भेटिएका थिए।

पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका-१ बस्ने २१ वर्षीय संजिव गुप्ता, वीरगंज-८ बस्ने ५१ वर्षीय विजय साह, रानीघाट बस्ने १८ वर्षीय बजरंगी महतो, २२ वर्षीय राहुल महतो, ३८ वर्षीय, बिजय साह, २८ वर्षीय फिरोज खान, ३५ वर्षीय प्रभु पटेल, ३१ वर्षीय सन्देश सिंह, २० वर्षीय विकास पटेल, ३१ वर्षीय जयपुजन ठाकुर, २३ वर्षीय मनिष महतो, २२ वर्षीय चन्दनकुमार चौरसिया, ३५ वर्षीय सन्तोष महतो, २३ वर्षीय इद मियाँ धोबी र ४० वर्षीय सुरज भगत माली छन्।

त्यसैगरी भारत विहार मोतिहारी जिल्ला बस्ने २५ वर्षीय जटाशंकर कुमार, रौतहटको माधवनारायण नगरपालिका-१ बस्ने २५ वर्षीय नरेश साह सोनार, गोरखा नगरपालिका-९ बस्ने २६ वर्षीय सुशान्त कुँवर रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरू विरूद्ध शान्ति विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी लम्सालले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button