कलैया : लोकआस्था र विश्वासको पर्व छठका लागि दुलही झैँ बाराका पोखरी तथा नदी घाट विशेष सजावटबाट सिंगारिएका छन । जिल्लाका सवै स्थानमा रहेका छठघाटलाई सरसफाई गरी टेण्ड, झलर, बत्ति, आदि लगाएर ‘दुलही’ झैँ जस्तै सिँगारिएका छन । व्रतालुहरुले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा रहेको छ । सोही अनुसार यहाँका सर्वसाधारणले आ-आफ्नो घरनजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ गरि दुलही’ झें झिलिमिली तथा फुलले सजावट गरेका छन् ।
कलैया उपमहानगरपालिका भित्र रामजानकी पोखरी, सिद्देश्वर मन्दिर पोखरी, बरेवाको छठिया पोखरा छठ घाट, घुसुपुरको चिमनीमाई छठ घाट, अवधापुर छठ घाट, दोहरी छठ घाटमा विशेष सजावट र डेकोरेसन गरेर छठ पर्व मनाइँदैछ ।
सदरमुकाम कलैयामा मात्र नभई जिल्लाका ग्रामीण भेगका सबै गाउँमा छठ घाटको भब्य रुपकम सजिसजावट गरिएका छन् । यसरी सजावट गरिएका छठी घाटहरुमा छठको तेस्रो दिन अर्थात विहीबार ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् र साँझपख नजीकैको नदी र पोखरीको घाटमा व्रतालुहरूले छठ पुजा सामाग्रीहरु लिएर छठघाट जाने स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् ।