कार्तिक १९ वीरगंज__ आज वीरगंजको नेशनल मेडिकल कलेज स्थित त्रिशुल चौकमा लायन्स क्लब अफ वीरगंज कुटुम्भद्वारा छठ पुजाको उपलक्ष्यमा साडी वितरण कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ बीरगंज कुटुम्भले यस वर्षको छठ पर्बमा पनि आर्थिक रुपमा विपन्न परिवारका ब्रतालुहरुलाई छठ पूजामा चाहिने साडीहरु वितरण गरेको छ ।
लायन्स क्लब अफ बीरगंज कुटुम्भका अध्यक्ष रिना रौनियारले गरिब र विपन्न परिवारका महिलाहरुलाइ छठ पूजाका लागि चाहिने साडी वितरण गरेका थिइन । लायन्स क्लब अफ बीरगंज कुटुम्भले आज बिरगंज महानगरपालिका नेसनल मेडिकल कौलेज स्थित त्रिशुल चौकमा छठको ब्रत गर्ने छठेरीहरु लाई ६५ जना महिलालाई एक एक थान साडी वितरण गरेको हो ।
छठ पर्ब सबैको साझा पर्ब भएको र पर्बमा खर्चको अभावमा कोहि पनि पर्ब मनाउनबाट बन्चित नहोस् भन्ने उदेश्यले साडी वितरण कार्यक्रम गरेका थिए। सो कार्यक्रममा भाईस डिस्टिक गभर्नर लायन्स राम बिहारी पाण्डे , एरिया चिफ लायन्स श्याम गुप्ता , लायन्स श्रीमती बिजया ओझैया , लायन्स श्रीमती संगीता प्याखुरेल , लायन्स स्बेता क्षेत्री , लायन्स रचना प्याखुरेल , लायन्स प्रीती रौनियार लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।
