अपराधमधेससमाचार

३४ किलो लागू औषध गाँजा सहित २ जना पक्राउ

बारा । बाराको सिम्रौनगढ नगरपालिका–४ गंगानगरबाट ३४ केजी लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–४, गंगानगर बस्ने २५ वर्षीय दिपेन्द्र भन्ने जितेन्द्र कुशवाहा र सोही ठाउँका ३५ वर्षीय सरोज प्रसाद यादव रहेका छन्।

विशेष सूचनाका आधारमा प्रहरीले हिरा महतोको गोठमा लुकाएर प्याकिङ गरिएको अवस्थामा गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा फेला पारेको थियो। बरामद गरिएको लागुऔषध ३४ केजी (५ झोला) रहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध सम्बन्धी कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button