अन्तराष्ट्रिय

नेपालमा निमार्णाधिन चिनियाँ लगानीका धेरै आयोजनाहरु समयमा काम सम्पन्न नगरी अलपत्र

नेपालमा निमार्णाधिन चिनियाँ लगानीका धेरै आयोजनाहरुलाई उनिहरुले समयमा काम सम्पन्न नगरी अलपत्र पार्ने गरेका तथ्यहरु प्रसस्तै छन। नेपाललाई चिनियाँ कुटनितीले मात्र होईन चिनियाँ ठेकेदारहरुले पनि हेप्ने गरेकाछन् ।
आयोजनामा टेन्डर प्राप्तगर्ने निर्माण ठेक्का लिने तर काम भने समय सिमा भित्र नसक्ने , ढिलो गर्ने , आफु अनुकुल भयो भने गर्ने नत्र नगर्ने लगायतका हेप्ने प्रवृतिको विकास भएर गइरहेको छ । पछिल्लो केही बर्षदेखि चिनियाँ ठेकेदारको ढिलासुस्तीले काठमाण्डौको चक्रपथ विस्तारको काम अन्योलमा परिरहेको छ । चिनियाँ प्राविधिक टोलीले ५ वर्षसम्म पनि दोस्रो खण्डको विस्तारको प्रारम्भिक ईन्जीनियरिङ्ग डिजाईन नपठाउंदा चक्रपथ निर्माणको काम रोकिएको छ। भने काठमाण्डौका जनताले दुःखभोग्नु परिरहेको छ।
चक्रपथ विस्तार सुरु गरेको ५ वर्षमा पनि खासै उपलब्धि नभएको यो सडक खण्ड निर्माणमा नेपाल सरकारले गर्नुपर्ने काम सबै सकिए पनि चिनियाँपक्षले वेवास्ता गरी काममा ढिलाई गरिदिदा काम अगाडी बढ्न सकिरहेको छैन । चक्रपथ विस्तार आयोजनामा नेपाली पक्षले सबै काम सकेपनि चिनियाँ पक्षले डिजाईन नपठाउंदा काम रोकिएको छ । चक्रपथ विस्तार आयोजनामा नेपालको तर्फबाट सबैसाईट क्लियर भईसकेको छ ।
केही समस्या भए नेपाल सरकार आफैले बनाउने हो । तर यसका लागि डिटेल डिजाईनको आवश्यक्ता पर्छ तर चिनको लापरवाहीको कारण अहिले सम्म चिनियाँपक्षले डिजाईन पूरागरेको छैन । विभिन्न बाहानाबाजी र समस्या देखाएर उनीहरु पन्छिने गरेकाछन् । चिनियाँ पक्षको अनावश्यक सर्तहरुले गर्दा चक्रपथ विस्तार आयोजना नै अन्योलमा परिरहेको छ । यसले समयमै निर्माण सम्पन्न गर्नुपर्ने राष्ट्रिय गौरवको यो आयोजनाको भविष्य चिनियाँ पक्षको कारण अन्योलमा परेकोछ ।

साईट क्लियरेन्स अन्तर्गत रुखकटान , विजुली पोलसार्ने तथा खानेपानी पाईपलाईन व्यवस्थापन लगायतका काम नेपालपक्षले सकिसकेको छ ।
१०० प्रतिशत क्लियरेन्सको अव्यवहारिक अडान राखेर चिनियाँ पक्षले काम अल्झाएर नेपाललाई दुःख दिईरहेको छ ।
यस्तो अवस्थामा पनि चिनियाँ पक्षले अनावश्यक कुरा निकालेर चक्रपथ विस्तार आयोजनामा चिनले मनोमानी गरिरहेको छ । यो त एउटा उदाहरण मात्र हो नेपालमा जतीपनि चिनियाँ कम्पनिहरुले नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण गरिरहेको छ ती सबै आयोजनामा यस्तै समस्याहरु देखा परिरहेका छन् ।
आयोजना निर्माणको जिम्मा लिने तर काम नगर्ने चिनियाँ पक्षको नियतले धेरै आयोजनाहरु अहिले पनि अलपत्र अवस्थामा रहेका छन् । आयोजनाका सम्झौता पत्रहरुमा हस्ताक्षर गरेर चिन फर्किए पछि फेरी नेपाल नझर्ने गरेकाछन् । आयोजनालाई ओगटेर काम नगर्दा विकास निर्माणको कामले गति त लिन सकेन सकेन समयमा सम्पन्न हुनुपर्ने धेरै आयोजनाहरु त्यसै अलपत्र अवस्थामा रहेकाछन् ।यसबाट नेपाल र नेपालीले अनावश्यक दुःख र समस्या खेप्न बाध्य भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button