नेपाल पत्रकार महासंघको सधारण सभा असफल

133

रमेश साह                                          बारा,पौष २ शनिबार

नेपाल पत्रकार महासंघ बाराको १७ औ सधारण सभा असफल भएको छ । शनिवार अमलेखगज हातिसारमा आयोजना गरिएको सधारण सभा असफल भएको हो ।

कोषाध्यक्ष श्याम गुप्ता र सचिव अनिल गौरवले पेश गरेको प्रतिवेदनको घोर विरोध गरिएको थियो । दुवैले आफै प्रतिवेदन तयार नगरि अरूको फोटोकापी गरेको कार्यक्रममा सञ्चारकर्मी सुनिल गाउलेले चर्चा चलाएका चलेको थियो ।

महासंघले स्वास्थ्य बिमा, लविङ्ग डेस्क लगायतका नगरेकै कार्य प्रतिवेदनमा पेश गरे पछि पत्रकार अनिल तिवारीले विरोध गरेका थिए । महासंघले पत्रकारलाई कार्यक्रममा रोक लगाएको प्रति पनि उनको विरोध रहेको थियो ।

बन्द शत्रमा कार्यसमितिको उपाध्यक्ष लगायत कार्यकारी सदस्यहरु भागे पछि घोर विरोध भएको थियो । पछि आर्थिक र सांगठनिक प्रतिवेदन पेश गर्ने महासंघका अध्यक्ष रेशम तिवारीले जनाएका छन् ।

उदघाटन शत्रमा ६० वर्ष नाघेका उमेशलाल दास, सत्यप्रकाश श्रेष्ठ र रामेश्वर मेहतालाई सम्मान गरिएको थियो ।

Leave a comment