चीनको ओरालो लाग्दो अर्थतन्त्र

77

चीन,

पछिल्लो समय चिनको अर्थतन्त्र ओरालो लाग्ने अबस्थामा रहेको प्रतिबेदन हरु सार्बजनिक भइरहेका छन।चीनिया आर्थिक वृद्धि दरको लक्ष्य यस बर्ष ५.५ प्रतिशत थियो तर त्यो लक्ष्य पूरा नहुने लगभग निश्चित रहेको छ।हालैका चार महिनाको चिनको आर्थिक अबस्था हेर्ने हो भने ओरालो लागिरहेको छ।

चिनीया अर्थसाश्त्री हरुले नै चिनको अर्थतन्त्र अझ बिग्रन सक्ने चेतावनी हरु दिदै आइरहेका छन पस्चिमा देशहरु सङ्ग चिनको बढिरहेको दुरि,ऋण लगानीमा देखिएको चरम महत्वाकांक्षले गर्दा समस्या बढ्दै गएर सन्सारको दोस्रो ठूलो अर्थतन्त्र भन्न रुचाउने चिनको अर्थतन्त्रमा देखिएको समस्याले देशको सम्रचना नै भत्किन सक्ने सम्भावना बढेर गएको छ।

अर्को तर्फ चिनमा उत्पादित बस्तुको माग अन्तर्राष्ट्रिय र घरेलु बजारमा दिन प्रतिदिन घटेर गएको छ।अमेरिका लगायत धेरै ब्यापारिक सम्बन्ध हरु पनि बिगृएका छन ,यसरी सम्बन्ध बिग्रने क्रम संन्सारका अरु मुलुकहरू सङ्ग पनि बढ्दो रहेको छ।चीनिया हेपाहा प्रवृत्ति का कारण संसारका कयौं मुलुकहरूले चीनिया आर्थिक सहयोग हरुलाइ अस्विकार गर्न सुरु गरेका छन।

चीनिया मुद्रा पनि क्रमश कमजोर बन्दै गइरहेको छ।अमेरिकी डलरको तुलनामा चीनिया मुद्राको मूल्य घटिरहेको छ,पैसाको मुल्यमा आएको गिरावटले त्यहा लगानी गरिरहेका लगानीकर्ताहरु पलायन भइरहेका छन भने चीनिया अर्थतन्त्रमा पैसाको मात्रा बढाउन या लगानी मैत्री वातावरण बनाउन चीनिया केन्द्रिय बैक असमर्थ हुँदै गइरहेको छ।

रास्ट्रपति सि जिन पिङ्ग को पुन उदयले अर्थतन्त्र अझ ओरालो लाग्नेमा बिज्ञहरुले शंका ब्यक्त गर्न थालेका छन।जिरो कोभिड नीति लिएको चिनको अबस्था यसै पनि बिग्रदो छ।उत्पादनमुखी सेन्जेन,तिब्बत,बुहान र तियानजियान लगायत शहरहरुमा आर्थिक गतिविधि कोभिड कै कारण लगभग ठप्प रहेको छ।

खाद्य ,पेय पदार्थ ,खुद्रा सामान खरिद तथा अन्य प्रयोजनका लागि नागरिकहरु खर्च गर्न डराइरहेका छन,यसले गर्दा मुख्य सेवाका क्षेत्रहरुमा दबाब सिर्जना भएको छ।चीनिया अर्थ बिज्ञहरुले रास्ट्रपति सि जिन पिङ्गले जिरो कोभिडको नीति नत्यागे सम्म अर्थतन्त्रमा देखिएको समस्या घट्नुको साटो बढ्दै जाने बताएका छन।चीनिया बजारमा ठूलो लगानी गरेर फलदायी नहुने निष्कर्शमा लगानी कर्ताहरु पुगेका छन।

चीनिया अर्थतन्त्रको भरपर्दो आम्दानी भनेको रियल स्टेट ब्यबसाय नै थियो तर हाल आएर यस्को ऋणात्मक कारोबार तथा घरेलु ब्यबसाय प्रतिको नकारात्मक धारणा बढ्दो छ।चीनिया अर्थतन्त्रको एउटा मुख्य आधार मानिएको रियल स्टेट कारोबार प्रत्येक दिन कमजोर बनिरहेको छ, यो नै चीनिया अर्थब्यबस्था कठिन मोडमा पुगेको एउटा संकेत हो।यस ब्यबसायमा बिश्वास घटे सङ्गै र रास्ट्रपति सि को जिरो कोभिड नितिका कारण अर्थतन्त्र खराब अबस्थामा पुग्ने विश्लेषण हुन थालेको छ।

चीनिया अर्थतन्त्रमा देखिएको अर्को गम्भीर समस्या भनेको ठुला कम्पनिहरुको नाफामा भएको भारी गिरावट हो।पछिल्लो सात महिनामा ठुला कम्पनी हरु आइरन स्टिल कम्पनी ,अलिबाबा र टेन्सेन्ट जस्ता बहुराष्ट्रिय कम्पनिहरुको नाफा ५० प्रतिशतले घटिरहेको छ यो सङै लाखौं मानिसले रोजगारी गुमाएका छन।चिनका हरेक बजार उसका लागि अनुकुल हुने गरि तयार हुन अब फेरि लामो समय लाग्ने र यसै बिच रास्ट्रपति सि का नितिहरुले चीन फेरि ओरालो दिशा तर्फ जाने सम्भावना प्रबल रहेको छ।

Leave a comment