भारतको गुजरातको मोरबी दुर्घटनामा १४१ जनाको मृत्यु, सेना र एनडीआरएफ टोली उद्धारमा जुटे

75

भारत । भारतको गुजरातमा पुल चुँडिंदा १४१ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो । घटनामा १४१ जनाको मृत्यु भएको र १७७ जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।

5 2 -

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोरबी पुल हालैमात्रै मर्मत गरिएको थियो । उक्त पुलमा चढ्नका लागि भारु १७ रुपैयाँ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान छ ।
1 3 -
मोरबी पुल वर्षौं पुरानो हो । केही वर्षयता बन्द रहेको उक्त पुल मर्मत गरेर दीपावलीको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त पुल गुजरातको मोरबीलाई खास पहिचान दिलाउने उद्देश्यले आधुनिक युरोपियन प्रविधि प्रयोग गरेर बनाइएको थियो । मोरबी शहरको सरकारी वेबसाइटमा यो पुललाई ‘इन्जिनियरिङको चमत्कार’ लेखिएको छ ।
2 4 -
१.२५ मिटर चौडाइ र २३३ मिटर लम्बाइको यो पुलले दरबारगढ महल र लखधीरजी इन्जिनियरिङ कलेजलाई जोड्दथ्यो ।

उक्त पुलमा चढ्नका लागि वयस्कलाई भारु १७ र बालबालिकालाई भारु १२ शुल्क लिइन्थ्यो । आइतबार साँझ उक्त पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पुल चुडिएको अनुमान छ । स्थानीयका अनुसार पुल चुडिने बेला त्यहाँ करिब ४०० जना मानिसहरु रहेको अनुमान छ । यद्यपि कति जनाले टिकट काटेका थिए भनेर तथ्यांक केलाउने काम पनि भइरहेको भारतीय मिडियाहरुले लेखेका छन् ।

3 4 -

तीनवटै सेना उद्धारमा जुटेका छन्

भारतीय सेना, नौसेना, वायुसेना एनडीआरएफ, फायर ब्रिगेड, एसडीआरएफको टोली उद्धारमा जुटेका छन्। हालसम्म १७७ जनाको उद्धार गरिएको छ । भारतीय सेनाका मेजर गौरवले उद्धार कार्य जारी रहेको बताए । राति करिब तीन बजे भारतीय सेना यहाँ पुगेको थियो । शव निकाल्ने प्रयास गरिरहेका छौँ । एनडीआरएफको टोलीले पनि उद्धार कार्य गरिरहेको छ ।

4 4 -

दुर्घटनामा हालसम्म १४१ जनाको मृत्यु भइसकेको छ ।
-१७७ जनाको उद्धार गरिएको छ । 
१९ जनाको उपचार भइरहेको छ । ३ जनालाई उपचारका लागि राजकोटमा भर्ना गरिएको छ । 
मोरबी सिभिल अस्पतालमा अन्य अस्पतालका करिब ४० चिकित्सकको टोली घटनास्थल पुगेको छ । 
घटनास्थलमा करिब ३० वटा एम्बुलेन्स तैनाथ गरिएको छ । 
NDRF को 5 टोलीमा, लगभग 110 सदस्यहरू उद्धारमा संलग्न छन्। 
– जामनगर SDRF को 2, बडोदरा र गोंधल को 3-3 इकाइहरु उद्धारमा संलग्न छन्। 
उद्धारका लागि २० वटा डुङ्गा परिचालन गरिएको छ । 

फौजदारी मुद्दा दर्ता

मोरबी दुर्घटना सम्बन्धमा मर्मत सम्भार गर्ने निकायविरुद्ध ३०४, ३०८ र ११४ अन्तर्गत फौजदारी मुद्दा दर्ता गरी आजबाटै अनुसन्धान सुरु गरिएको छ । 

Leave a comment