समाचार

खराब मौसमले सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट

काठमाडौं, २१ असोज । खराब मौसमका कारण सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट गरिएको छ ।

‎सिमरा विमानस्थलबाट काठमाडौंका लागि बुधबार बिहान १०:३० बजे बुद्ध एयरको U4 554 उडान थियो। काठमाडौंको आकाशमा पुगेपछि विमान करिब ३० मिनेट आकाशमै होल्ड भयो।

‎काठमाडौं विमानस्थलमा पानी परिरहेको तथा खराब मौसमका कारण अवतरणमा समस्या भएपछि विमानलाई जनकपुर विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।
‎विमान करिब १२:३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेको हो। 

‎विमानका कर्मचारीबाट प्राप्त जानकारीअनुसार मौसम तथा विमानस्थलको अवस्था अनुकूल भएमा करिब ३० मिनेटपछि जनकपुरबाट पुन: काठमाडौंका लागि उडान हुने बताइएकाे छ। काठमाडाैं उपत्यकामा बुधबार बिहानदेखि भिजिविलिटीकाे समस्या देखिएकाे छ । साेही कारण आन्तरिक उडान केही प्रभावित बनेका छन् ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button