समाचार

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त, आजै शपथ

सुर्खेत, १९ असोज । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखका सर्वराज जोशी नियुक्त भएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार आजै दिउँसो १ बजे उनको शपथ ग्रहण कार्यक्रमसमेत आयोजना गरिएको छ।

दैलेखको नारायण नगरपालिका वडा नं. १ मा जन्मिएका जोशीले २०५४ सालमा नेपाल ल क्याम्पसबाट बीएल र २०५८ सालमा त्रिचन्द्र कलेजबाट एमए गरेका छन्।

पाँच वर्ष यूएनडीपीको रोलेर प्रोजेक्टमा काम गरिसकेका जोशीले जिल्ला अदालतमा वैतनिक वकिलका रूपमा समेत सेवा गरिसकेका छन्।

विगत २५ वर्षदेखि कानुन व्यवसायीका रूपमा सक्रिय जोशीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button