समाचार

गायिका मेलिना राईलाई पितृशोक

काठमाडौं, १५ असोज । चर्चित गायिकाद्वय मेलिना राई र जुनु राईलाई पितृशोक परेको छ । मेलिना र जुनुका बुवा संगीतकार जिवेश चाम्लिङ राईको बुधबार राति उपचारका क्रममा निधन भएको हो ।

संगीतकार बसन्त सापकोटाका अनुसार संगीतकार राईको बुधबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

‘संगीतकार जिवेश चाम्लिङ राईज्यूको गए राति ह्याम्स हस्पिटल धुम्बाराहीमा उपचारको क्रममा दुखद निधन भएको खबरले स्तब्ध छु। बहिनीहरुलगायत सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् कामना गर्द्छु,’ सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।

संगीतका राई केही समयदेखि अस्वस्थ रहेको उनका आफन्तले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button