समाचार

प्रहरी नियन्त्रणमा ११ घन्टा बसेका पूर्वप्रधानन्यायाधीश जबराले मागे सुरक्षा

काठमाडौं, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन्।

शनिबार मध्यराति पक्राउ परेर ११ घन्टापछि रिहा भएका जबराले सोमबार एउटा विज्ञप्ति जारी गर्दै सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसमक्ष निवेदन दिएका हुन् । जबरा पक्राउ परेपछि प्रहरीले ‘सुरक्षा थ्रेट’ नै मुख्य कारण भनेको थियो । जबरा जेनजी युवाहरूको टार्गेटमा रहेको दाबी गरिएको थियो ।

जबरालाई पक्राउ पुर्जी जारी नगरी र कुनै अभियोगविनै पक्राउ गरिएको थियो । पूर्वप्रधानन्यायाधीश भएकाले जबरालाई राज्यले सुरक्षा उपलब्ध गराउँदै आएको छ । तर पनि उनले फेरि प्रहरीसमक्ष परिवारको सुरक्षाका लागि भनेर निवेदन दिएका छन् ।

‘उपरोक्त सम्बन्धमा हालको समयमा देशको अवस्था, सामाजिक संजाल लगायत मिडियाहरुमा आएका कतिपय शान्ति सुरक्षासँग सम्बन्धित प्रश्नहरुको कारण मलगायत मेरो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस गरिरहेका छौ। मेरो विगतमा राज्यका अंगहरुमा वहन गरेका जिम्मेवारी, राज्यको न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णयलगायतको कारण पनि ममाथि थप असुरक्षाको महसुस भएको छ,’ जबराले भनेका छन्, ‘मैले कतिपय कुराहरु हालका मितिमा यस कार्यालयमा आइसकेपश्चात पनि जानकारी पाएँ। यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेस गरेको छु ।’
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button