समाचार

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‎प्रहरी सेवामा अनुशासन, कर्तव्यनिष्ठा र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई मूल्यांकन गर्दै प्रहरी जवान लक्ष्मी कुमारी कार्कीलाई भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ।

‎नेपाल प्रहरी बिशेष सुरक्षा गण ढल्केवरका गण प्रमुख एसपी  भुवनेश्वर प्रसाद साहले कार्कीलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गर्दै प्रशंसापत्र प्रदान गरेका हुन्।

‎प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिएको यो सम्मानले कर्तव्यप्रति समर्पित प्रहरी कर्मचारीको मनोबल बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले अन्य प्रहरी कर्मचारीलाई समेत जिम्मेवारीप्रति थप सक्रिय र उत्तरदायी भएर काम गर्न प्रेरित गर्ने देखिन्छ।

‎प्रशंसापत्र प्रदान गर्दै एसपी साहले प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य, अनुशासन, आज्ञापालन तथा जिम्मेवारीप्रति सदैव सचेत रहन निर्देशन दिएका थिए। उनले प्रहरी सेवाको प्रभावकारिता कर्मचारीको व्यावसायिक आचरण, अनुशासन र जनताप्रतिको जिम्मेवारीबोधसँग जोडिने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्।

‎कार्यक्रममा एसपी साहले प्रहरी कर्मचारीलाई संगठनको मर्यादा कायम राख्दै सेवाग्राहीप्रति जिम्मेवार र संवेदनशील भएर काम गर्नसमेत निर्देशन दिएका थिए।

‎उत्कृष्ट प्रहरी छनोट र सम्मान गर्ने अभ्यासले प्रहरीभित्र प्रतिस्पर्धात्मक रूपमा राम्रो कार्यसम्पादन गर्ने वातावरण निर्माण गर्नुका साथै जिम्मेवारी निर्वाहमा सकारात्मक ऊर्जा थप्ने प्रहरी संगठनको विश्वास छ।

‎

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button