समाचार

सामान्य बढ्यो सुनचाँदीको भाउ

काठमाडौं, ११ असाेज । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा सात सय रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुन बढेर प्रतितोला दुई लाख ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलाको चार हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ६ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button