समाचार

बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति

बुटवल, ११ असोज । अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुर्‍याएको छ।

गएराति तिनाउमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११, टप मजुवाका दुर्गा बानियाँ र उनका छिमेकीको घर पूर्ण रूपमा बगाएको हो। बाढीकै कारण स्थानीय नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुगेको छ।

बाढीले घरमा क्षति पुर्‍याएपछि प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बुटवल–११ का वडा सदस्य युवराज रानाले जानकारी दिए। उद्धार तथा स्थानान्तरण कार्यमा स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली खटिएको छ।

नदीमा जलसतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यसअघि नै नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो। गएरातिसम्म निरन्तर वर्षा भएको बुटवल क्षेत्रमा आज बिहानदेखि भने मौसममा सुधार आई वर्षा रोकिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button