समाचार

भोटेकोशी बाढी पीडितलाई सुदुरपश्चिम सरकारको २ करोड सहयोग

धनगढी, १२ भदौं ।  सुदूरपश्चिम प्रदेश सरकारले बाढी प्रभावितहरूको राहतका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। 

 

मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट भोटेकोशी बाढी पीडितको लागि राहत स्वरुप २ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।

 

साथै, आजको मन्त्री परिषद बैठकले प्रदेश सरकारका सबै मन्त्रीहरूको एक महिनाको पारिश्रमिक पनि सहयोग गर्ने निर्णय गरेको छ। र, बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोलीसमेत पठाउने निर्णय गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button