Modern technology gives us many things.

उज्यालो नेपालको नेतृत्वमा करैयामाई गापा तथा देवताल–४ मा सशक्त मतदाता भेटघाट तथा घरदैलो अभियान

11
उपेन्द्र पासवान
बारा, ०९ फागुन
उज्यालो नेपाल पार्टीले बारा क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। योग्य देशको सान भन्ने नारासहित पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको निर्देशनमा शनिबार देवताल गाउँपालिका–४ तथा करैयामाई गाउँपालिकाका विभिन्न टोलमा सशक्त घरदैलो अभियान सम्पन्न भएको हो।
घरदैलो कार्यक्रममा पार्टीका युवा नेता मेघराज पासवानको नेतृत्वमा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरिएको थियो। उक्त अवसरमा पार्टीको निर्वाचन नीति, कार्यक्रम तथा दीर्घकालीन क्षेत्रीय विकास योजनाबारे विस्तृत जानकारी गराइएको थियो।
अभियानका क्रममा युवा नेताहरूले अध्यक्ष कुलमान घिसिङको मार्गदर्शनमा अघि बढिरहेको पार्टीको कार्यशैली, सुशासनको अवधारणा तथा देश–केन्द्रित विकास योजनाबारे स्पष्ट पारे। स्थायी विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित ठोस परियोजना कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले जनप्रतिनिधि तथा युवा नेताहरूको सक्रियता र जनतामुखी सोचको प्रशंसा गरेका थिए। क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध तयारी देखिएको भन्दै स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका थिए।
युवा नेता मेघराज पासवान (निखिल)ले मतदातासँगको प्रत्यक्ष संवाद नै पार्टीको चुनावी अभियानको मुख्य आधार रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीका उम्मेदवारहरूले जनअपेक्षा र विश्वासअनुसार काम गर्ने दृढता व्यक्त गरे।
घरदैलो अभियानअन्तर्गत करैयामाई गाउँपालिका तथा देवताल गाउँपालिका–४ का विभिन्न टोल र घरघरमा पुगेर मतदातासँग प्रत्यक्ष सम्पर्क गरिएको थियो। यस अभियानले आगामी निर्वाचनमा पार्टीप्रतिको जनसमर्थन अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
Leave a comment