पत्र-पत्रिकामलेसिया बिशेषराजनीतिसमाचारसमाज

विनोद कुमार यादव जनता समाजवादी पार्टी, नेपालको प्रवास विशेष प्रदेश समितिमा सदस्य पदमा मनोनित

मलेसिया:=नेपाली समाज मलेसियाका अध्यक्ष बिनोद कुमार यादवलाई जनता समाजवादी पार्टी, नेपालको विधानअनुसार प्रवास विशेष प्रदेश समितिमा सदस्य पदमा मनोनयन गरिएको छ।

श्री यादव लामो समयदेखि मलेसियामा नेपाली समुदायको हकहित, पहिचान संरक्षण र सामाजिक एकता निर्माणमा क्रियाशील रहँदै आएका एक समर्पित अभियन्ता हुन्। पार्टीले यो मनोनयनमार्फत प्रवास क्षेत्रको अनुभव र नेतृत्व क्षमतालाई संस्थागत ढंगले उपयोग गर्न खोजेको प्रष्ट देखिन्छ। ल

मनोनयनको सूचना पाउँदा प्रतिक्रिया व्यक्त गर्दै बिनोद कुमार  यादवले भने:

> “पार्टीले देखाएको विश्वासप्रति आभारी छु। अब यो जिम्मेवारी केवल कागजमा होइन, काममा देखिनेछ। म प्रवासी नेपालीको आवाज बनेर उभिन तयार छु।”

यो नियुक्तिलाई मलेसियास्थित नेपाली समुदायले गर्व र उत्साहका साथ स्वागत गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button