अपराधराष्ट्रियसमाचारसमाजस्वास्थ्य

ट्राफिक प्रहरीले निर्घात कुटपिट गरेको घटना कहाँको हो, कहिलेको हो?

काठमाडौं:=ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको घटनामा प्रहरीले विवरण सार्वजनिक गरेको छ।

उक्त घटना २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको प्रहरीले बताएको छ।

ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडिओ बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ।

उक्त घटनामा संलग्न भएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४ जनालाई ट्राफिक प्रहरीलाई कारबाही गरेको छ।

‘प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको र उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त जनसेवाबाट हटाइ काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा झिकाइएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनीहरूमाथि थप छानबिन र अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button