समाचारस्थानीय

दलित धर्मशाला बहादुरपुरमा मनाइयो रविदास जन्म जयन्ती

रूपेश यादव

रौतहट, १ फागुन।

माघ पुर्णिमाका दिन मनाइने रविदास जन्मजयन्ती हरेक वर्ष झै यस वर्ष पनि  देश भरी बिभिन्न कार्यक्रम गरी मनाइएको छ। सोही क्रममा रौतहटकाे कटहरियामा पनि भव्य एवम् सभय रुपमा  मनाइएको छ। 

बुधबारका दिन चमार कल्याण समाज नेपाल,जिल्ला कार्यसमिति,रौतहटको आयोजनामा कटहरिया स्थित बहादुरपुरकाे दलित धर्मशलामा शंत शिरोमनि  महराजको ६४८ औं जन्म ज्यन्तीकाे अवसर पारी केक काटेर मनाइएको हो।

चमार कल्याण समाज नेपाल,जिल्ला कार्यसमिति,रौतहटले कटहरियामा उक्त कार्यक्रमको अवसरमा कटहरिया बहादुरपुर दलित धर्मशालाको सभाहलमा राष्ट्रिय गित बाट सुरु गरिएको थियो ।

 चमार कल्याण समाज नेपाल राैतहट जिल्ला अध्यक्ष धर्मेन्द्र राम महराकाे अध्यक्षामा बाेलाईएकाे कार्यक्रममा प्रमुख अतिथिका रुपमा दिपनरायण साहबले रह्नु भएका थियो भने बिशिस्ट अतिथि ओमप्रकाश रामले रहेका थियोे ।

कार्यक्रम सञ्चालकको रुपमा रामप्रवेश रामले रहनु भएको थियोे र स्वागत मन्तबय राम जिवन रामले गरेका थियो ।

कटहरिया स्थित आयोजित भव्य समारोहका बिच चमार कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष पुनित राम चमारले शंत गुरु रविदासले आदर्शवादी सोच र चिन्तनद्वारा समाजमा रहेका हरेक प्रकारका बिभेद,कुरिती,अन्धबिश्वास एवम् शोषणको अन्त्य गर्नका लागि उनले गरेका कार्यहरु समाजमा सदैव स्मरणीय रहने बताए।

कार्यक्रममा जिल्लाका अधिकांश चमार जातिकाे अगुवा , नेताहरु तथा पत्रकारहरुकाे सहभागीता रहेका थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button