अन्तराष्ट्रियखेलकुदमलेसिया बिशेषसमाचारसमाजस्वास्थ्य

बिर्तामाडका ९ वर्षीय ढकालले मलेसियामा जिते तेक्वान्दोको स्वर्ण पदक,र आर.टी एफसीको अध्यक्ष राजु तामाङ संग भेटघाट ।

मलेसिया:=झापा बिर्तामोड ५ का ९ वर्षीय आयुर ढकालले मलेसियामा सम्पन्न १२ औं स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

मलेसियाको क्वालालम्पुरमा सोमबार भएको च्याम्पियनसिपमा आयुरको स्वर्णसहित नेपालले ७ पदक जितेको छ । नेपालले तेक्वान्दो अन्तर्गत पुम्सेमा स्वर्ण जितेको हो । नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका आयुरले ९ देखि ११ वर्ष उमेर समूहमा स्वर्ण जितेको हाल मलेसियामा रहेका कोच दिपेन धिमालले बरादैनिकलाई बताए । 

आयुर बिर्तामोडका व्यवसायी राजु ढकाल तथा सरिता नेपाल ढकालका छोरा हुन् । उनी सेन्ट जेभियर्समा कक्षा ४ मा अध्ययनरत् छन् । अष्ट्रेलिया, हङकङलाई हराउदै अघि बढेका आयुरले फाइनलमा मलेसियालाई पराजित गरेका हुन् । 

आयुरले झापाको मेची तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् । उक्त डोजाङको कोच धिमाल हुन् । आफ्नो डोजाङको शिष्यले अन्तर्राष्ट्रियस्तरमा स्वर्ण पदक जितेकोमा अत्यन्त हर्षित रहेको बताउँदै कोच धिमालले भने आयुर अत्यन्त मिहनेती र प्रतिभाशाली छन् । आयुर ढकालसंगै दिक्षान्त लामिछानेले पनि स्वर्ण पदक जितेका छन् । उनले पनि पुम्सेमा स्वर्ण जितेका हुन् । दिक्षान्तले १२ वर्षमुनि उमेरसमूहमा स्वर्ण पदक जितेका हुन् । दिक्षान्तले हात्तिवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् । 

त्यस्तै झापा अर्जुनधारा ६ का ११ वर्षीय लिरिक फँुयालले उक्त प्रतियोगितामा कास्य पदक जितेका छन् । कोच धिमाल आयुर र लिरिकलाई साथमा लिएर मलेसिया पुगेका थिए । बाल्मिकी एजुकेशन फाउण्डेशन कक्षा ५ मा अध्ययनरत् लिरिकले पनि तेक्वान्दो अन्तर्गत पुम्सेमा सिंगापुरलाई पराजित गर्दै कास्य हात पारेका हुन् । उनी समीर र ऋचा फुँयालका छोरा हुन् । उनले १० देखि १२ वर्ष उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका थिए ।

त्यस्तै रिप्सना घिमिरे ग्यारोगीतर्फ महिला ४१ केजीभन्दा कम तौल समूहमा रजत जित्न सफल भएकी छन् । अर्को रजत भने द सेलिब्रेसन को–एडका जेमोस मगरले जिते । उनले पुम्से ९ वर्ष भन्दा कम उमेर समूहमा उक्त सफलता हात पारेका हुन् ।

ग्यारोगीतर्फ सिनियर पुरुषमा ५८ केजी तौल समूहमा राकेश सापकोटाले रजत पदक जिते भने फाइटतर्फ नै असिम श्रेष्ठले ३७ केजीभन्दा कम तौल समूहमा कास्य पदक जिते । प्रतियोगिता यही फेब्रुअरी ६ देखि ८ सम्म भएको थियो । उक्त च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, मुना खवास मगर र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

विजेता खेलाडी तथा अफिसियललाई मलेसियास्थित नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले सम्मान गरेका थिए भने आज मलेसिया को गैर आवसीय नेपाली संघको युवा संयोजक साथै आर टी एफसी फुटबल कल्बका अध्यक्ष आर टी रेस्टुरेन्ट को संचालक राजु तामाङ संग भेटघाट गरिएको साथै भोजनालय पनि गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button