कृषिधर्म/संस्कृतिमधेससमाचारसमाज

कानु युवा समाज नेपालको कृयाशिल युवाहरुको बैठक सप्पन्न

मानिकचन साह

पर्सा: आज वीरगन्जको गेटवय होटलमा कानु युवा समाज नेपालको कृयाशिल युवाहरुको बैठक सम्पन्न भएको छ । बैठकमा कानु समाजबाट प्रतिनिधित्व गर्ने युवाहरुले छलफल गरेका थिए ।

कानु समाज नेपाल पर्साको जिल्ला सचिव श्रवण साहको अध्यक्षतामा बसेको बैठकले हरेक वडा स्तरमा कानु युवा समाजको समितिको गठन गर्ने तथा कानु समाजमा रहेका युवाहरु लाई समितीमा सक्रिय गराउने छलफल भएको छ।

त्यस्तै अहिले रगत सम्बन्धि अभाव देखिएकोले कानु युवा समाजले ब्लड डोनेशन कार्यक्रमको आयोजना गर्ने तथा आउदो वर्ष देखि एसईईमा उत्कृष्ट अंक ल्याउने कानु समाजका छात्रछात्रालाई सम्मान गर्ने निर्णय पनि भएको छ।

त्यस्तै आज असार १५गते धान दिवसको अवसर पारेर चिवरा दहि खाएर शुभकामना आदानप्रदान गरिएको थियो।आज भएको छलफल बैठकमा बिरगंजका मुन्ना साह,राजेश साह,प्रणय साह,विबेक साह,ओम प्रकाश गुप्ता,अखिलेश साह,राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button