Uncategorized

एनआरएनए मलेसियाले मे १ तारिख श्रम दिवस मनाउने र श्रमिकलाई सम्मान गर्ने।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाले श्रम दिवस मनाउने भएको छ ।

यहीँ मिति सन् २०२४ मे १ तारिख बुधबार परेको विश्व श्रम दिवस (लेवर डे) को अवसरमा दिउँसो ०१:०० बजेदेखि एनआरएनए मलेसियाको सभाहल कार्यालयमा श्रमिक विशेष दिनको रुपमा श्रम दिवस मनाउने तयारी गरिएको एनआरएनए मलेसियाको अध्यक्ष बिनोद थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले त्यस् दिन श्रम दिवसको अवसरमा सो कार्यक्रममा सहभागी , उपस्थित हुने सम्पुर्ण श्रमिकहरु लाई खानापीना साथै श्रमिक विशेष नै सांस्कृतिक नृत्य, संगीत र पुरस्कार कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

कार्यक्रममा उपस्थितिको लागि मलेसियामा अवस्थित नेपाली राजदूतावास र विभिन्न राजनीतिक , सामाजिक , जातीयगैरजातीय संघसंस्थालाई समेत सामाजिक संजालमार्फतनै निमन्त्रणा गरिसकिएको र सोही निमन्त्रणालाई आधार मानेर उपस्थित भैइदिनुहुनको लागि अध्यक्ष थापाले मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली जनसमुदायमा अनुरोध गर्नुभयो ।

साथै सोही दिनको कार्यक्रममा केहि महिना पहिले एक सपिङ मलमा ड्युटी गर्ने क्रममै नेपाली करिब डेढ करोड भन्दा बढी नगद रकम भेटाएर इमानदारीसाथ स्थानीय प्रहरीलाई बुझाएका दावा शेर्पा लगायतलाई सम्मान समेत गरिने अध्यक्ष थापाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button